समाचार
नेपालको संविधान (२०७२) ले संघिय राज्यको निर्माणका साथै तीन तहको राज्य प्रणालीको व्यवस्था गरे अनुरुप दार्चुला जिल्लामा रहेका ९ स्थानीय तहहरु मध्ये दुहुँ गाउँपालिका जिल्लाको उत्तरी भेगमा अवस्थित एक सुन्दर र प्राकृतिक श्रोतले सम्पन्न गाउँपालिका हो ।यस गाउँपालिका साविकका ४ गाउँ विकास समितिहरु(पिपलचौरी, हिकिला, धारी र ब्रहमदेव) मिलेर वनेको छ । यस गाउँपालिको क्षेत्रफल ६५.३५ वर्ग कि.मि. र जनसंख्या १०८१८ रहेको छ । यस गाउँपालिकालाई भौगोलिक अवस्था र जनसंख्याको अनुपात अनुसार ५ वटा वडामा विभाजन गरिएको छ भने गाउँपालिकाको केन्द्र वडा नं २, हिकिलामा रहेको छ । हिन्दु धर्मावलम्वीको बाहुल्यता रहेको यस गाउँपालिकामा बाहुन,क्षेत्री ठकुरी, दलित तथा अल्पसंख्यक समुदायको बसोवास रहेको छ।
फेसबुक
सेवाहरु


१. निवेदन पत्र
२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३. पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने


- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बसाईसराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात
- जहाँ जाने त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने
- जाने आउने ब्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि
- चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद


१. सम्बन्धित बच्चाको बाबुको नागरिकता
२. अामाको नागरिकता
३. नियमानुसार सूचना दिने व्याक्तिको नागरिकता
४. सूचना दिने व्याक्ति एकाघरको उमेर पुगेको मुख्य व्याक्ति हुनुपर्ने
५. अस्पतालमा भए अस्पतालको कागजात


१.दुलाहा-दुलहीको नागरिकता
२.दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
३.माइती तर्फ बाबु अामाको नागरिकता ( दुलाहा दुलही दुवै कार्यालयमा उपस्थित हुनुपर्ने )


१. मृतकको नागरिकता <br>
२. सूचना दिने मान्छेको नागरिकता <br>
३. सूचना दिने व्याक्ति एकाघरको उमेर पुगेको मुख्य व्याक्ति हुनुपर्ने । <br>